चौतारीको बैठक सम्पन्न, सदस्यता सुद्दिकरण हुने

भ्रम फैलाउने र कमजोर बनाउन खोज्नेलाई कारवाही गरिने

  • चैत २८, २०७९
  • कालापानी मिडिया
alt प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक

वीरगञ्ज २८ चैत : प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक आज रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ । अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकले चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनको लागि महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले चौतारीका इन्चार्ज शत्रुघन नेपाललाई हटाउने निर्णय गरेकोमा यसमा गम्भीर आपत्ती जनाउने निर्णय गर्नुका साथै एक महिनाभित्र पुन इन्चार्जमा स्थापित गर्न केन्द्रलाई आग्रह गर्ने र अन्यथा आन्दोलन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गत फाुगन २९ गतेदेखि वीरगञ्जमा आयोजना गरिएको केन्द्रीय बैठक तथा कार्यशाला गोष्ठीमा केन्द्रले स्थानीय कमिटीको परामर्श बिना सम्मानित ब्यक्तिहरुलाई आतित्थ्यता नगराएर गम्भिर भूल गरेको ठहर गर्दै अब उप्रान्त यस्ता कमजोर नगर्न आग्रह गर्ने निर्णय समेत गरेको छ भने आउँदो बैठकमा आर्थिक हरहिसाव कोषाध्याक्षले पेश गर्ने निर्णय गरेको छ ।


बैठकले चौतारीको ११६ जना साधारण सदस्यहरुको अभिलेख, परिचयपत्र, र नयाँ सदस्यता दिने अबिलम्ब प्रकृया अघि बढाउन उपाध्याक्ष तुलसी भण्डारी र सचिब राजेन्द्र सिंह नेपालीलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने चौतारीलाई कमजोर बनाउन लागेकाहरुको पहिचान गरि बैठकहरुमा समिक्षा गर्ने र चौतारीलाई बदनाम गराउन भ्रम छर्ने र अतिरञ्जना युक्त प्रचार गर्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

साथै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुुत हुन र योग्य पत्रकारलाई महासंघको सदस्यता दिन आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा चौतारीका उपाध्याक्ष तुलसी भण्डारी, सचिब राजेन्द्र सिंह नेपाली, सहसचिव सन्तोष पटेल, कोषाध्याक्ष राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सञ्जय दास थारु, निलम चौधरी, पन्नालाल प्रसाद, अखलेस साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved