उपनिर्वाचन-मतदान कार्य सुरु

  • वैशाख १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभाका तीन रिक्त स्थानमा मतदान सुरु भएको छ।
तनहुँ-१, चितवन-२ र बारा-२ मा आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
तनहुँ क्षेत्र नं। १ मा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं. २ मा जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। चितवन-२ मा निर्वाचित रास्वपाका अध्यक्ष रवि लामिछाने नागरिकता प्रकरणमा पदमुक्त भएपछि पुनः निर्वाचन हुन लागेको हो।

तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्लेलगायत प्रतिस्पर्धी छन्। चितवन-२ मा रास्वपाका लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका जितनारायण श्रेष्ठ, लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

बारा–२ मा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved