परवानीपुर गाँउपालिकामा अधिकृत रौनीयारको आर्थिक मिलोमतो कर्मचारी भर्ना

यस्तै गत साता पनि पालिकाका अध्यक्ष र प्रशासकिय अधिकृत मुन्ना रौनीयारले कार्यालय सहयोगी पदमा कर्मचारी भर्ना गरेर रकम उठाईसकेका छन ।

  • वैशाख १७, २०८०
  • कालापानी मिडिया
alt

वीरगञ्ज,१९ चैत : बाराको परवानीपुर गाँउपालिका कार्यालयले पालिकालाई पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रुपमा बनाउँदै लगेको छ ।पालिकाले गाँउ प्रहरीको नाममा निर्वाचित जनप्रतिनिधिका निकट पार्टीका कार्यकर्तालाई भर्ती गर्ने कार्यको थालनी गरेको छ । गत माघ ७ मा पालिकाले पालिका स्तरिय गाँउ प्रहरीको आवेदन खुल्ला गरेको थियो ।
आवेदन अनुसार बरिष्ठ गाँउ प्रहरी सहायक निरिक्षक ,गाँउ प्रहरी हवल्दार र गाँउ प्रहरी जवान पद सहित तीन वटा पदमा भर्ना गर्न ४३ जनालाई लिखित परिक्षाका लागी छनौट गरेको छ ।चैत १७ गते सार्वजनिक नतिजामा आवेदन दिएकाहरु श्री भोज भगत माविको प्रांगनमा १२ , १३ र १५ गतेको शारिरिक र तन्दुरुस्ती परिक्षामा आवेदन दिएका मध्ये बढि अंक ल्याउनेलाई भर्ना लिखित परिक्षाका लागी छनौट गरीएको सार्वजनिक नतिजा पुस्तिका लेखिएको छ ।
नेपाल कै सबै भन्दा सानो पालिकामा क्षमता भन्दा पालिका प्रहरी भर्ना गर्न थालेपछि स्थानीयहरु नै अच्चमीत भएका छन ।स्थानीयबासी श्याम मण्डलका अनुसार सानो पालिकामा क्षमता भन्दा बढि पालिका प्रहरीलाई भर्ना गरेर पालिका माथी व्ययभार थप हुने कार्य भएको छ ।


उनीहरुका अनुसार छिमेकी जिल्लामा पर्ने पर्साको वीरगञ्ज महानगरपालिका कार्यालयमा भर्ना भएका पालिका प्रहरीकै हाराहरीमा यस पालिकामा भर्ना हुनु दुखद हो ।गाँउपालिका अध्यक्ष पदका एक प्रत्यासीका अनुसार परवानीपुर गाँउपालिकामा निर्वाचत भएका जनप्रतिनिधहरु आफ्ना पार्टीका कार्यकर्तालाई मात्र भर्ती गरेको अवस्था छ ।

लिखित परिक्षाका लागी छनौट भएका ४३ जना पालिका प्रहरी मध्ये ३५ जना पालिका प्रमुख र विभिन्न वडाका वडा अध्यक्षहरुको निकटका कार्यकर्ता नै रहेका छन । पालिका स्रोतका अनुसार पालिका प्रहरीमा भर्नाका लागी लिखित परिक्षामा छनौट भएकाहरु पालिकाका अध्यक्ष र प्रशासकिय अधिकृतलाई आर्थिक रकम पनि बुझाएका छन ।
एक कर्मचारीका अनुसार पालिका अध्यक्ष रामक्षत्री कुर्मीले र प्रशासकिय अधिकृत मुन्ना रौनीयार कै आर्थिक मिलोमतोमा पालिका प्रहरी नियुक्त हुने भएका छन । उनीहरु एक पालिका प्रहरीबाट ५० हजार देखि एक लाख सम्म रकम उठाएको उक्त कर्मचारी बताउँछन ।


यस्तै गत साता पनि पालिकाका अध्यक्ष र अधिकृतले कार्यालय सहयोगी पदमा कर्मचारी भर्ना गरेर रकम उठाईसकेका छन ।उक्त पदमा स्नातक पास भएका विद्यार्थी कार्यालय सहयोगी पदमा भर्ना नभएर ८ कक्षा पास गरेका पार्टीका कार्यकर्ता भर्ना भईसकेका छन ।यसबिषयमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनीयार संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved