राजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा, योगि आदित्य नाथले सम्पूर्ण ब्यवस्था गर्ने

  • वैशाख २१, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा जान लाग्नु भएको छ ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुग्नु भएका राजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लाग्नु भएको हो। उहाँ दुई महिनाको बीचमा दोस्रोपटक भारत जान लाग्नु भएको हो।

राजा शाहसँगै रानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको राजाका सम्बाद सचिव फणीन्द्र राज पाठकले बताउनु भयो ।

युवराज पारस भने निर्मल निवासमै रहनु हुने जनाइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लाग्नु भएको बताइएको छ ।

राजा शाहले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । उहाकोको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन् । राज परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved