'नेता होस् कि नाताको होस् कि बार्दलीको मान्छे होस्, कसैलाई नछाडियोस्’ : गगन थापा

  • जेठ १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले एकपछि अर्को गर्दै आइरहेका नामले प्रकारले लाज पनि लजाएको उनको टिप्पणी छ ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘कोको परेको हो, कोको नपरेको हो सुन्दासुन्दै हाम्रो वरिपरि भएका, देखिरहेका, जिम्मेवारीमा रहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि भन्नेजस्तो लाग्न थालेको छ ।’


तर यसमा सरकारको परीक्षा रहेको उनको भनाइ छ । सरकार पछि न्यायालयको परीक्षा थापाले बताए । ‘अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् त्यो सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ’, थापाले भने, ‘अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन । सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरेँ भनेर मात्रै पाउँदैन । न्यायको अनुभूति हुनुपर्छ ।’

‘चाहे त्यो घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस्, चाहे नाता होस्, चाहे त्यो सलाम गर्ने होस्, सलामी लिने होस् एक जना मान्छे पनि छुट्नु हुँदैन’, थापाले भने, ‘दूधको दूध पानीको पानी हुनुपर्छ ।’ सरकारले गरेको अनुसन्धानको प्रक्रिया फेयर भयो भने जनस्तरबाट वाहवाही हुने भन्दै थापाले नत्र प्रश्न उठ्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved