३ दल बसेर बालुवाटारमा खुसुखुसु, नक्कली शरणार्थी प्रकरणमा आइजीपीलाई पनि छानविन गरौंः सांसद शाही

  • जेठ १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ । आज नेपाल प्रहरीका आइजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने रु त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने उम्काइदिने रु त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’

सांसद शाहीले संस्कृतको भनाई सापटी लिँदै नेपाल विगतमा सभ्य र सफल भूमिको रूपमा रहेको बताउँदै एक छाक खानका लागि वार्षिक ६ लाख युवा विदेश जान बाध्य भइरहेको बताए ।

वीर गोरखालीको देशलाई आज कायरको देशको रूपमा चिनिने बनाएको बताउँदै यसलाई परिमार्जन गर्नुपर्नेमा शाहीको जोड थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved