एमाले र माओवादीको लहलहैमा देउवा लागेः गगन थापा

  • जेठ १५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘एकजना सांसदले संसदमा पशुपतिको जलहरीको सन्दर्भमा एउटा विषय उठाउनुभयो । पशुपतिको जलहरीको विषयमा अनुसन्धान भइरहेको छ, टुंगिएला । पशुपतिको जलहरीको विषयमा संसदमा बोल्न पाइन्थ्यो कि पाइँदैनथ्यो छलफलको विषय बन्ला । तर, संसदको एउटा नियम छ ।’

माओवादी संसदीय व्यवस्था नै सुरुदेखि राख्न नचाहेको पार्टी भन्दै उनले एमालेले संविधानविपरीत संसद विघटन गरेको स्मरण गरे ।

उनले भने, ‘एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसका नेताले संसदभन्दा बाहिर बसेर संसदमा त्यो नेताले बोलेको कुरा हटाइदिने भन्यो भने अब मैले सांसदको रुपमा बोल्ने कि नबोल्ने रु मैले बोलेको कुरा चित्त बुझेन भने तीन नेताले हटाइदिने भए ।’

उनले अब पार्टीको गलत निर्णय गर्नबाट पार्टीलाई सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved