महोत्तरीमा दिनदहाडै बैंक लुटपाट, पेस्तोल देखाएर ३५ लाख लुटियो

  • जेठ १६, २०८०
  • कालापानी मिडिया
alt

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको छ।

अज्ञात हतियारधारी समुहले वैंकमा लुटपाट गरेको हो।

४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटपाट गरेको प्रहरीले जनाएको छ। लुटिएको रकममा २÷३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए ।

लुटेरा समुह मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए। बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेको कर्मचारीहरुले जानकारी दिएका छन्।

प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए।

प्राप्त सिसिटिभी फुटेजमा नकाबधारीको हातमा हतियार देख्न सकिन्छ । अर्को एक व्यक्तिले भने सेटो कपडामा पैसा बाँधेर बाहिर निक्लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved