नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने काठमाडौं महानगरका प्रमुख बालेन शाहको चेतावनी

  • असार २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालयमा कुनै पनि खालको बन्द गर्ने काम स्वीकार्य नभएको भन्दै विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, त्यहाँ कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनको लागि निर्देशन दिएका छन्। आइतबार सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भन्ने समाचारको ध्यानाकर्षण भएको उनले बताए।

विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बन्द, हडताल र अवरोध गर्न नपाइने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरेका छन्। मेयर शाहले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका छन्।

यस्तै विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा वा बाधा पुर्‍याएमा समिति नै विघटन गर्ने उल्लेख गरेका छन्। कुनै पनि संस्थाले बल प्रयोग गरेमा प्रहरीसँग समन्वय गरी फौजदारी मुद्दा चलाउन पहल गर्ने पनि शाहले चेतावनी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved