कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छः कमल थापा

  • असार ५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजनीतिक दल वा नेताहरूले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वाभाविक अभ्यास भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिगामी शक्ति भनेर राजसंस्था र हिन्दुराष्ट्र पक्षधर एवं संघीयता विरोधी शक्तिहरूलाई इंगित गर्नुभएको बुझ्न गाह्रो नभएको बताएका छन् ।

सोमबार घोषणा गरिएको ‘समाजवादी मोर्चाका अधिकांश नेताहरू र खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चाको गठन प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध युद्धको घोषणा भएको उल्लेख गरेपछि थापाको यस्तो प्रतिकृया आएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्, 'कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छरु देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्ष अघि पाखा लगाइएका राजा वा राजसंस्थाबाट होइन।'

अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट कायम छ, नेताहरूमा विदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ। विदेशीहरूको चलखेल र हस्तक्षेप बढेको छ। सनातन धर्म संस्कृतिमाथि निरन्तर आक्रमण जारी छ, अर्थतन्त्र संकटग्रस्त छ, देशभित्र रोजगारी नपाएर लाखौँ युवाहरू विदेश पलायन हुन बाध्य भएका छन्।

यो अवस्थाको सिर्जना कसले गरेको होरु राजा वा हिन्दुवादीहरूले हो ? वास्तवमा २०६३ सालको राजनीतिक परिवर्तनपछि आमुल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत थियो।

देशले भोग्नु परेको रोग,भोक, अशिक्षा,गरिबी र पछ्यौटेपनको ‌मूलकारण राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत थियो। यस्ता त्रुटि र कमजोरीहरू सच्याएर देश र जनताको हितमा काम गर्नुको सट्टा अमुर्त र भ्रामक त्राश सिर्जना गर्नु हाल विद्यमान कुशासन, भ्रष्टाचार र अराजकतालाई निरन्तरता दिने चाहना र बहाना मात्र हो।

यस अवस्थामा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण, सनातन धर्म संस्कृतिको रक्षा एवं सुशासनको माध्यमबाट नेपाली जनताको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरूका बीचमा सहकार्य र एकता आजको आवश्यकता हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved