काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् । ।
केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागार पुगेका थिए । उनीहरूबीच आधा घण्टाभन्दा बढी समय कुराकानी भएको बताइएको छ ।
खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको थियो ।
२०४६ सालको जनआन्दोलन ताका खाण नेविसँघ अध्यक्ष थिए । खाणले गरेको महाधिवेशनबाट साउद अध्यक्षमा चुनिएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved