काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्मः अदालतका सामू बालेन निरीह

  • असार ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौंका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएको छ।

काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ुजरा हटके जरा बचकेु प्रदर्शनमा आएको हो। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन्।

बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो।

काठमाडौं महानगरका मेयर बालेन शाहले आदिपुरुषु मा जानकी भारतकी छोरी हुन्ु भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए। तर यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत जानकारी दिइसकेको छ।

बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन हुन लागेको हो।

यद्यपि बालेनले भने अदालतको फैसला नमान्ने भन्दै ुआदिपुरुषु र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन्। उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved