टेक पौरखी निर्देशित फिल्म ‘जय हो’ को टिजर सार्वजनिक

  • असार ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं ।  फिल्म ‘जय हो’ को टिजर सार्वजनिक भएको छ।

निर्माण टिमले शुक्रबार फिल्मको टिजर ओयासआर डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको फिल्मको टिजरमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। राज के भण्डारी र सुरज सरकारको लागानी फिल्म आगामी भदौ ८ गते प्रदर्शन हुनेछ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

त्यस्तै फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक टेक पौरखी राई फिल्म कमेडी, एक्सन र लभस्टोरी जनरामा बनेको बताउँछन् । पोखरामा १० प्रतिशत र मनाङ मुस्ताङमा ९० प्रतिशत छायाँकन गरिएकाले पनि फिल्ममा निकै आर्कषक दृश्यहरु समावेश भएको उनी बताउँछन् । ग्लोबल टेलिभिजनसँग कुरा गर्दै उनी फिल्म पारिवारिक भएको र सबै टिमले राम्रो काम गरेकोले फिल्म उत्कृष्ट बनेको दाबी गर्छन् ।

https://youtu.be/ujUWoYpUXRk

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved