कञ्चनपुरको वेदकोट नगरपालिकाद्धारा ९२ करोड २० लाख ५० हजार बराबरको बजेट सार्वजनिक

  • असार १०, २०८०
  • कालापानी मिडिया
alt

कञ्चनपुर । वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ९२ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आइतबार नगरप्रमुख भोजराज बोहराको सभाध्यक्षता सम्पन्न कार्यक्रममा उपप्रमुख तुलसी जोशीले ९२ करोड २० लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरिन। जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु.१४ करोड ८ लाख, राजश्व वाँडफाडबाट रु.१२ करोड ४६ लाख ९९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कूल रु. २८ करोड ६१ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु. १ करोड २० लाख, संघीय समपुरक अनुदान रु.७० लाख रहेको छ।

यसैगरी, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु.१ करोड २६ लाख ४४ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु ६० लाख, सवारी साधन कर वाडफाँड शीर्षकमा प्राप्त रु. ८१ लाख १२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु. १ करोड रहेको छ। अगामि आ.व.को लागि प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु. ३ करोड, चालु आवबाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम रु. ६ करोड ६२ लाख ४५ हजार, सामाजिक सुरक्षा तर्फ प्राप्त रकम रू.२१ करोड अनुमान गरिएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाको सबै शीर्षक गरेर गत वर्षको मौज्दात सहित कूल वार्षिक बजेट रु. ९८ करोड ५१ लाख ६२ हजार मध्ये चालु तर्फ रु. ६८ करोड ५१ लाख २८ हजार र पुँजिगत रकम रु.३० करोड ३४ हजार विनियोजन भएकोमा हालसम्मको चालु तर्फ खर्च रु. ४६ करोड १३ लाख ३६ हजार र पुजिगत तर्फ खर्च रु. ८ करोड ९४ लाख १३ हजार भएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत अनुमानित कुल आय रु. १६ करोड ४४ लाख भएकोमा वास्तविक आय रु. १४ करोड ३८ लाख ५० हजार प्राप्त भएको, राजश्व वाँडफाडबाट रु. १२ करोड ७२ लाख ६१ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. ७ करोड ९६ लाख ५६ हजार ५ सय ८० मात्र प्राप्त भएको, प्रदेश सरकारवाट अनुमानित वित्तिय समानीकरण अनुदान रु. १ करोड १९ लाख ५४ हजार भएकोमा हालसम्म रु. १ करोड ४ लाख ४९ हजार ७ सय ५० मात्र प्राप्त भएको छ।

चालु आवमा संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त हुने अनुमान गरिएको कुल अनुदान रकम भन्दा रु. ६ करोड ९६ लाख ४८ हजार ६ सय ७० घटी प्राप्त भएको छ। यसैगरी न्यायीक समितिले आफनो प्रतिवेदन पनि पेश गरेको छ. २०७९ श्रावणदेखि २०८० जेठ मसान्तसम्म २४ वटा मुद्धा मध्ये २२ वटा फर्छयौट गरेको र २ वटा प्रक्रियामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। जसको कारणले चालु आ।ब।मा खर्चको अनुपात घट्न गई केही निर्धारित योजना तथा कार्यक्रमहरु संचालन गर्न नसकिएको उपप्रमुख जोशीले बताईन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved