नेपालमा जन्मेका मध्ये  १८ प्रतिशत जीवित बालबालिकाको जन्म अपरेशनबाट

  • असार १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा हाल जन्मेका मध्ये नेपालमा १८ प्रतिशत जीवित बालबालिकाको जन्म अपरेशन (सी-सेक्शन)गरेको पाइएको छ।

सरकारीभन्दा निजी स्वास्थ्य संस्थामा जन्मने आधाभन्दा बढी शिशुहरु अपरेशनबाट जन्मने गरेका छन्। यसरी अपरेशन गरेर शिशु जन्माउनेमध्ये सबैभन्दा बढी माध्यमिक शिक्षाभन्दा माथि अध्ययन गरेका ४८ प्रतिशत छन् भने सम्पन्न घरपरिवारका ३८ प्रतिशत र सहरी क्षेत्रका २२ प्रतिशत महिलाहरू भएको पाइएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ ले देखाएको छ।

नेपालमा ७९ प्रतिशत जीवित शिशुहरू स्वास्थ्य संस्थामा जन्मिने गरेका छन्। तीमध्ये ६२ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा जन्मने गरेका छन्। अझै पनि १९ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन्।

प्रदेशअनुसार घरमा जन्मने सबैभन्दा धेरै शिशु मधेश प्रदेशमा ३२ प्रतिशत, त्यसपछि कर्णाली प्रदेशमा २४ प्रतिशत र कोशी प्रदेशमा १८ प्रतिशत रहेको पाइएको छ। पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको संख्या बढे पनि अपरेशनको माध्यमबाट शिशु जन्माउने क्रम पनि बढेको हो।

सर्वेक्षणअनुसार स्वास्थ्य संस्थामा शिशु जन्माउनेको प्रतिशत उल्लेख्य रूपमा बढेको छ, जुन सन् १९९६ मा ८ प्रतिशत थियो भने सन् २०२२ मा ७९ प्रतिशत पुगेको छ र घरमा शिशु जन्माउने महिला ९१ प्रतिशतबाट १९ प्रतिशतमा झरेको छ।

नेपालमा ५ मध्ये ४ शिशुको जन्म दक्ष स्वास्थ्यकर्मीबाट हुने गरेको छ। दक्ष स्वास्थ्यकर्मीबाट हुने जन्म घरपरिवारको सम्पन्नतासँगै बढ्दै गएको सर्वेक्षणले देखाएको छ। २ वर्षयता जीवित शिशु जन्माएका १५(४९ वर्ष उमेर समूहका ९४ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट गर्भवतीरप्रसूति सेवा प्राप्त गरेको सर्वेक्षणले देखाएको छ। दक्ष स्वास्थ्यकर्मीमा डाक्टर, नर्स र अनमि पर्ने गर्छन्।

गर्भवतीरप्रसूति सेवा पाउने समय र सेवाको गुणस्तर गर्भवती महिलाको लागि धेरै महत्वपूर्ण हुन्छ। समग्रमा ८१ प्रतिशत महिलाले आफूले जन्माएको सबैभन्दा पछिल्लो जीवित शिशुको लागि ४ वा सोभन्दा बढी पटक गर्भवती जाँच गराएका थिए र ७३ प्रतिशतले गर्भावस्थाको पहिलो ३ महिना भित्रमा पहिलो जाँच गराएका थिए।

सबैभन्दा पछिल्लो जीवित जन्मको लागि गर्भवती जाँच गराएका महिलामध्ये ९५ प्रतिशतको रक्तचाप मापन गरिएको थियो, ९० प्रतिशतको पिसाबको नमूना परीक्षण गरिएको थियो र ८६ प्रतिशतको रगत परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved