समलिंगी विवाह दर्ता गर्दा सामाजिक विकृति आउँछः अध्यक्ष थापा

  • असार १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले समलिंगी विवाहका विषयमा सर्वोच्च अदालतको पछिल्लो आदेशको आलोचना गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतको सो आदेशलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्दै समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने भन्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।

उनले लेखेका छन्, ‘समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्वन्ध हो । समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ । सर्वोच्चले दिएको आदेश त्रुटिपूर्ण छ ।’

सर्वोच्च अदालतले हिजो समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानून बाधक रहेको भन्दै ब्लु डायमण्ड सोसाइटीको तर्फबाट पिंकी गुरुङसहित ७ जनाले दिएको निवेदनमा सर्वोच्चले सो आदेश गरेको हो । यस सम्बन्धमा सर्वोच्चले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved