कांग्रेस, एमाले र माओवादीले सिन्डिकेट लादेः रवि लामिछाने

  • असार २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।


संघीय संसद भवनमा सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका हुन् ।

उनले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने भन्दै आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे ।

उनले भनेका छन्, ‘सदन तीन नेताको होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ । संसदलाई संसदजस्तो बनाउनुपर्छ । सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो । त्यतिखेर पनि हामी चुपचाप बस्यौँ । ठिकै छ भनिरह्यौँ । तर यो गर्न पाइँदैन । यो गलत हो । संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ । जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved