मिटरब्याज पीडितलाई गृहमन्त्रीको आश्वासनः घर फर्किनुस्, विधेयक पारित गर्छौं

  • असार २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिलाइछाड्ने बताएका छन् ।

साथै उनले पीडितहरुलाई ढुक्क भएर घर फर्किन आग्रह समेत गरे ।

अनुचित लेनदेन सम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र संसदले प्रतिस्थापन गर्न बनेको विधेयक संसदले पास नगरेपछि निष्क्रिय भएपछि आन्दोलित पीडिहरुलाई गृहमन्त्रीले विधेक पारित गर्ने आश्वासन दिदैं घर र्फिन आग्रह गरेका हुन् ।

नयाँबानेश्वरस्थित धर्नास्थलमा पुगेर पीडितहरुलाई सम्बोधन गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिलाउने काम कुनै हालतमा नरोकिने बताए ।

उनले अघि भने, ‘विधेयक संसदमा छ, अस्वीकार भएको होइन । विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ ।’


कतिपयले ऋण दिनेहरु अन्यायमा पर्नु भएन नि भनेर प्रचार गरिरहेको भन्दै उनले ऋण दिनेहरुको पैसा फिर्ता गर्नुपर्दैन भनेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved