सर्वसाधारणका लागि खुला गरियो रानी ऐश्वर्यको निजी बगैंचा

  • असार २८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय हातामा रहेको रानी ऐश्वर्यको निजी बगैंचा अन्ततः आगन्तुकका लागि खुला गरिएको छ । चार रोपनी क्षेत्रफलमा फैलिएको बगैंचा राजसंस्था रहुन्जेल निजी बगैंचाको रुपमा रानी ऐश्वर्यले प्रयोग गर्दै आउनुभएको थियो । बगैंचा खुला भएसँगै नारायणहिटी दरबार संग्रहालय अवलोकनकर्ताका लागि एउटा अर्को गन्तव्य थपिएको छ ।

राज संस्थाको अन्त्यसँगै झाडीमा परिणत यस ठाउँको सरसफाई गरी आमनागरिकको अवलोकनका लागि खुला गरिएको छ । यो बगैंचाको विशेषता भनेको बीच भागमा पञ्चपल्लभ समूह अन्तर्गतका बृक्ष हुन् । जसमा बर, पिपल, आँप, चाप, र अमलाका रुख रहेका छन् ।
धार्मिक पवित्रता र चोखो हिसाबले महत्वपूर्ण मानिने यी बृक्ष रानी ऐश्वर्यकै सक्रियतामा हुर्काइ बढाई गरिएका थिए । यहाँ रहेको छहराको पानी बग्दा ऐना आकार देखिने गरी निर्माण गरिएको भएपनि वषौंसम्म अलपत्र पर्दा त्यो आकर्षण भने देख्न पाइँदैन । यहाँ रोपिने गरेको गुलाफको फूलको बासना धेरै टाढासम्म महसूस गर्न सकिन्थ्यो, जुन बेलायतबाट कलमी गरी ल्याएर रोपिएका हुन्थे । हाल ती फूलको नामो निशान नभएपनि केही नयाँ प्रजातिका फूल रोपिएका छन् ।

बगैंचा वरिपरि रहेका दशकौं पुराना वनस्पतिको आफनै पहिचान छ । दरबारभित्रका धेरै सम्पदा नष्ट भएपनि थरिथरिका रुखले भने राजसंस्थाको इतिहासलाई जीवित गराएको भान हुन्छ । विश्वमा शान्ति छाओस भन्ने लेखिएको सन्देशले देशमा मात्र नभई विश्व स्तरमै बसुधैव कुटम्बकमको सन्देशलाई सर्वत्र प्रवाहित गरेको बुझ्न सकिन्छ ।

यससँगै संग्रहालय अवलोकन गर्न आउनेले अब राजा वीरेन्द्र र दीपेन्द्रलगायत राजपरिवार सदस्यले प्रयोग गर्ने गरेको निजी विमान र हेलिकप्टर पनि हेर्न पाउने छन् । राजसंस्थाको बहिर्गमनका बेला नेपाली सेना मातहतमा रहेको विमान र हेलिकप्टर सेनाले नारायणहिटी संग्रहालयलाई हस्तान्तरण गरेपछि सुनमा सुगन्ध थपिएको हो । राजपरिवारको सामूहिक हत्या भएको स्थल भएर मात्र होइन, मुलुक राजतन्त्रबाट गणतान्त्रिक शासन व्यवस्थामा जाँदाको एउटा सिंगो भौतिक दस्तावेज भएका कारण पनि यो ठाउँलाई जीवन्त बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved