दोलखाको पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

  • साउन २१, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले सहयोग गरेको छ। फाउन्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनमार्फत् फाउन्डेशनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमा लिंदेनसहित फाउन्डेशनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठ  , समाजसेवी सुन्दर प्रकाश खड्का कार्यक्रममा उपस्थित थिए।

बिहीबारको पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए। यस्तै उनका साढे दुई वर्षको नातीको मृत्यु भएको थियो। हाल काठमाडौंको  यज्ञ थमीको मन मोहन कार्डियोथिरसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर   र श्रीमती तथा  बुहारी को ट्रमा सेन्टरमा  उपचार भइरहको छ।

उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेशनले सहयोग गरेको हो। ‘दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ। हामी विपदमा परेकाहरुलाई सहयोग गर्न सधैं तत्पर हुनेछौं,’ संरक्षक उप्रेतीले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved