रुसले खसाल्यो आक्रमण गर्न आएका २० युक्रेनी ड्रोन

  • साउन २८, २०८०
  • कालापानी मिडिया
alt

मस्को । रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु रक्षा प्रणालीले युक्रेनको एस २०० मिसाइल पत्ता लगाएर रोकेको बताएको छ।

शनिबार (अगस्ट १२) बिहान करिब १ः०० बजे किभ शासनले एस २०० सतह टु एयर निर्देशित हतियारको साथ क्रिमियन पुलमा आतंकवादी हमला गर्ने प्रयास गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । उक्त युक्रेनी मिसाइल तुरुन्तै पत्ता लगाइएको र रुसको वायु रक्षा प्रणालीले बीचको हावामा रोकेको थियो। घटनामा कुनै मानवीय वा क्षति नभएको मन्त्रालयले जनाएको छ ।

यसअघि क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम च्यानलमा दुई युक्रेनी क्षेप्यास्त्रहरू केर्च स्ट्रेटको क्षेत्रमा हवाई रक्षा प्रणालीले खसालेको बताएका थिए। उनले भने, ‘एयर डिफेन्स सिस्टमले केर्च स्ट्रेटको क्षेत्रमा दुश्मनका दुईवटा मिसाइललाई खसाल्यो। क्रिमियाको पुल प्रभावित भएको छैन।

क्रिमिया क्षेत्रमा आक्रमणहरू सामान्य भइसकेका छन्। जुलाईको सुरुमा मस्कोले युक्रेनले क्रिमियातर्फ रातारात १७ ड्रोन प्रक्षेपण गरेको आरोप लगाएको थियो। रुसले यसलाई ‘आतंकवादी हमला’ भनेको छ । मन्त्रालयले १४ युक्रेनी मानवरहित युएवीलाई रेडियो इलेक्ट्रोनिक युद्धको माध्यमबाट दबाइयो भनेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved