आज मुमाबडामहारानी रत्नको ९५औं जन्मोत्सव

  • भदौ ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९५औं जन्मोत्सव । रत्न बसिरहेको नारायणहिटी दरबार परिसरको महेन्द्र मञ्जिलमा एक समारोहका बीच सोमबार शाहको जन्मोत्सव मनाइने भएको छ ।

शाहलाई ९५ औं जन्मोत्सवको शुभकामना दिन राजपरिवारका सबै सदस्य महेन्द्र मञ्जिलमा जाने कार्यक्रम छ । जन्मोत्सव नागरिक समारोह समितिले राजधानीका विभिन्न मन्दिरमा पूजा गर्ने पनि जनाइएको छ ।

वि।सं। १९८५ भदौ ४ गते आजकै दिन जन्म हुनुभएकी रत्न २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुनुभयो । उहाँ राजा महेन्द्र वीर विक्रम शाह को दोश्रो पत्नी हुनुहुन्छ । उहाँकी आफ्नै दिदी इन्द्रराज्य लक्ष्मी देवी शाहले वि।सं। १९९६ मा राजा महेन्द्रकी जेठी श्रीमतीको रुपमा विवाह गर्नु भएको थियो। तर, उहाँको १८ भदौ २००७ मा निधन भएपछि रत्नले दुई वर्षपछि महेन्द्रसँग विवाह गर्नु भएको हो।

मुमा बडामहारानी रत्नको जन्मदिन भदौ ४ गते बाल दिवस मनाउने गरिन्थ्यो । तर, पछिल्लो केही वर्ष यता बाल दिवस भदौ २९ गते मनाउन थालिएको छ ।
नेपालमा गणतन्त्र प्राप्तिपछि रत्न गुमनाम महेन्द्र मञ्जिलमा बसिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved