आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

  • भदौ ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ ।

सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको ढोकामा अष्टनागको पूजा गर्ने गरिन्छ ।

यसरी नागपूजा गर्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास रहेको छ । नागपूजाको प्रचलन कहिलेदेखि शुरु भयो भन्ने विषयमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन् । वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने जनविश्वास रहेको छ ।

द्वापरयुगको अन्त्यमा राजा परीक्षितको मृत्यु नागले डसेर भएपछि उनका छोरा जन्मजयले पृथ्वीलोकमा रहेका सबै सर्प मार्न यज्ञ लगाएपछि स्वर्गका राजा इन्द्रसँगै आएका अस्तिका नागले राजा जन्मजयसँग माफी मागेपछि यज्ञमा हवन हुन लागेका सर्पहरू बाँचेकाले सोही श्रावण शुक्लपक्षको पञ्चमीदेखि नागको पूजा गर्न सुरु गरिएको कथा रहेको छ ।

नागलाई पानीसँग पनि जोड्ने गरिएको छ । नाग रिसाएपछि वर्षा नभएको, पानीको अभाव भएको र सम्पूर्ण जीव र जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ ।

नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीस्थित नागस्थानलगायत देशभरका नागस्थानहरुमा बिहानैदेखि नागको पूजा गर्नेहरुको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved