सनातनी परम्परा र धर्म संस्कृतिमाथी हमला भयो- प्रकाश रायमाझी

  • भदौ ९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक, प्रकाश रायमाझीले वैदिक सनातनी परम्परा प्राचीन धर्म संस्कृति र पूर्वीय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको बताएका छन ।

भौतिक दून्दबादीहरूले धार्मिक सहिष्णुता माथि दखल पु¥याउने उद्देश्यले नियोजित ढङ्गबाट गौहत्या गर्दै सनातन धर्म माथि खुलमखुला चुनौती दिएको उहाले बताउनु भएको छ । यसको जति निन्दा गरेपनि कम नै हुने उनको भनाई रहेको छ ।

प्रधानमन्त्री स्वयमले पनि जाति राज्य गौहत्या जस्ता घटनालाई संरक्षण प्रोत्साहित गर्दै आएको राइमाझीको भनाई रहेको छ । समस्त नेपालीहरु एकजुट भएर यस्ता मतिभ्रष्ट कथित आतंककारी नेताबाट नेपालको पुण्य भूमिलाई बिटुलो बनाउन दिनुहुँदैन भन्ने पक्षमा रहेको पनि उनले बताए ।

भर्खरै धरानमा भएको घटना सामान्य होइन सदियौंदेखि मिलेर बसेको समाजलाई भड्काउने जातीय द्वन्द्वमा मुलुकलाई धकलिने योजना स्वारुप भएको उनले बताएका छन ।

यस्ता व्यक्ति वा संस्थालाई बेलैमा चिनेर कानुनको कठघरामा ल्याउनु पर्ने,अन्यथा गौहत्यामा संलग्न भएका व्यक्ति मात्र होइन राज्य प्रशासक लाई समेत जनताले नांगेझार पारेर सडकमा भौतिक दण्ड दिनु पर्ने अवस्था पनि हुनसक्छ, उनले भने, यसको जिम्मेवार यही निकम्मा सरकारले लिनुपर्ने छ, खुलमखुला गौहत्या भइरहदा राज्य प्रशासक मौन बस्नु राज्यसत्ता नै संरक्षण गर्नमा उद्धत भएको छ ।,

जाति राज्यको गन्ध ,धर्म संस्कृति माथि आक्रमण हुँदा अब हामी मुकदर्शक बनेर नबस्ने पनि उहाँले चेतावनी समेत  दिएका छन् । कथित धर्मनिरपेक्षता आयातित गणतन्त्रका खेतालाहरूको अत्याचारबाट नेपाली जनताको धैर्यताको बाँध टुटिसकेको र ति विदेशीहरूको गुलामको मुकुण्डो उतार्न अब धेरै दिन बाँकी नरहेको उनको धारणा छ ।

शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा रोक लगाएर निकम्मा सरकारले कायरता देखाएको उनको भनाई छ । उनले  नेपालको कुनै पनि कुनामा गौहत्या वा हाम्रो समाज भड्काउने तत्वहरु सल्बलाउन थाल्छन् भने त्यसको कडा प्रतिकार जस्तोसुकै रुपमा गर्न नागरिक समाज तयार भइसकेको  बताए। यस्ता पथभ्रष्टहरूको आदेश मानेर सुरक्षाकर्मीहरु पनि उत्तेजित नहुन  विश्लेषक राइमाझिको आग्रह पनि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved