शेयर बजार १६ अङ्कले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार

  • असोज २, २०८०
  • कालापानी मिडिया
alt

शेयर बजार आज मङ्गलवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । आज जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर आठ प्रतिशले घटेको छ ।

आज दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै रियायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १० करोड छ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved