धानबाली नष्ट हुन नदिन तान्जानियाले मार्यो लाखौँको सङ्ख्यामा क्वेलिया चरा

  • असोज ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ ।

धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने चरा मारेको तान्जानियाको बोटबिरुवा र किटनाशक औषधि निगरानी निकायले जनाएको छ ।

तान्जानिया बोटबिरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण ९टीपीएचपीए० ले गएको हप्ता झण्डै एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको जनाएको छ ।

५० लाख विनाशकारी चराको झुण्ड मारेको र अब अन्य क्षेत्रको निगरानी गरिरहेको टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । ठूला समूहमा ओहोरदोहोर गर्ने स-साना रातो चुच्चो भएका चराहरूले त्यहाँ बाली नाश गर्दै आएका छन् ।

टीपीएचपीएका अनुसार यी चराको समूहले एकै दिनमा ५० टनभन्दा बढी अन्नबाली नष्ट गर्न सक्ने क्षमता राख्छन् । क्वेलिया चराहरू विश्वमा सबैभन्दा धेरै प्रजातिका चराहरू मानिन्छन् । अफ्रिकाभरका सरकारहरूले विगतमा पनि यी चरालाई नियन्त्रण गर्न विभिन्न प्रयास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved