२० घण्टापछि खुल्यो रिडी–रुद्रवेणी सडक

  • असोज ११, २०८०
  • कालापानी मिडिया
alt

गुल्मी । गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि यो सडक बन्द भएको थियो ।

स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयोगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

रिडी–रुद्रवेणी–वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने यो सडक बन्द हुँदा पाल्पा, बुटवलबाट छुटेका गाडी बीच बाटौमै रोकिँदा यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै दुवैतर्फका गाडी गन्तव्यतर्फ लागेका छन् ।

यो सडक गुल्मीमा सबैभन्दा बढी गाडी आउजाउ हुने सडक खण्ड अन्तर्गत पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved