बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहको शालिक

  • असोज १३, २०८०
  • कालापानी मिडिया
alt

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको शालिक स्थापना गरिएको छ।

सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहको पुर्ण कदको शालिक स्थापना गरिएको हो। बुटवलको कालिका मानवज्ञान माध्यमिक बिध्यालयको मुख्य प्रवेशद्वार भन्दा केहि उत्तर तर्फको सडक किनारको हरियाली क्षेत्रमा उक्त शालिक निर्माण गरिएको छ।

बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेको पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन्।

शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियोजन गरेको गत बर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका केशर बहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालका नेता समेत रहेका रुपसिंह थापाले बताए।

थापाका अनुसार शाहको उक्त शालिक पुष २७ गते पृथ्वी जयन्तीको दिन अनावरण गरिनेछ। ढलोटबाट निर्माण गरिएको शाहको पुर्ण कदको उक्त शालिक ७ फुटको रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved