शीर्षमा फर्कियो म्यानचेस्टर सिटी

  • कार्तिक ५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, युनाइटेड र न्युक्यासल विजयी भएका छन्। घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा सिटीले ब्राईटनलाई २/१ गोलअन्तरले पराजित गरेको हो। सिटीका लागि पहिलो गोल सातौं मिनेटमा जुलियन अल्भारेजले गरेका थिए। ​

१९औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८३औं मिनेटमा बार्सिलोनाबाट लोनमा गएका अन्सु फाटीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि ब्राईटनले खेलबाट कुनै अंक हासिल गरका सकेन। जित पछि म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटीको नौं खेलमा २१ अंक रहेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको नौं खेल २० अंक छ। एक खेल कम खेलेको टोटेनहमको २० अंक छ।

यस्तै अर्को खेलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४/० ले हराएको हो। न्युक्यासलको जितमा जेकब मर्फि, एन्थोनी गोर्डन, सन लङ्गस्टाफ र क्यालम विल्सनले एक एक गोल गरे। जित पछि न्युक्यासल नौं खेलमा १६ अंक सहित पाँचौं स्थानमा उक्लिएको छ। समान नौं खेलमा १२ अंक रहेको प्यालेस १०औं स्थानमा छ।

यस्तै सोही समयमा भएका खेलमा वल्भसले बर्नमाउथलाई २/१ ले पराजित गर्दा ब्रेन्टफोर्डले बर्नलीलाई ३(० ले पराजित गर्यो। यस्तै नटिङघम फरेस्ट र लुटन टाउनले २९२ बराबरी खेले। यस्तै गएराति नै भएको अ्को खेलमा चेल्सी र आर्सनलले रोमाञ्चक बराबरी खेलेका छन्। दुई गोलको अग्रता बचाउन नसक्दा चेल्सीको आफ्नो घरेलु मैदानमा २-२ को बराबरी खेलेको हो।

म्यानचेस्टर युनाइटेडले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved