दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २२९ रनले हरायो

  • कार्तिक ५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दुई सय २९ रनले पराजित गरेको छ।

दक्षिण अफ्रिकाले दिएको चार सय रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा एक सय ७० रन बनाएर अलआउट भयो। त्यसअघि मुम्बईमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो।

६७ बलमा एक सय नौ रनको शतकीय पारी खेल्ने दक्षिण अफ्रिकाका हेनरिक क्लासेन प्लेयर अफ द म्याच घोषित भए। दक्षिण अफ्रिकाको अर्को खेल मङ्गलवार बङ्लादेशसँग मुम्बईमा हुनेछ भने इङ्ल्यान्डको अर्को खेल बिहीवार श्रीलङ्कासँग बेङ्लोरमा हुनेछ।

यसैबीच आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा श्रीलङ्काले पहिलो जित दर्ता गरेको छ। हिजो भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो। प्रतियोगिता अन्तरगत आज न्युजिल्याण्ड र भारतबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved