पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न राजा शाह झापामा, हजारौँ मोटरसाइकलले स्कर्टिङ गर्ने

  • मंसिर ८, २०८०
  • कालापानी मिडिया
alt

भद्रपुर-शनिबार बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा पुग्नुभएको छ । उहा भद्रपुर विमानस्थलमा अवतरण हुँदा ठूलो संख्यामा राजतन्त्र पक्षधरहरुले उहाँको स्वागत गरेका थिए।

बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण शनिबार राजा शाहले गर्ने कार्यक्रम छ।

राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ। शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उहाँको स्वागत र्‍याली हुनेछ । राजा शाहसहितको र्‍यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम छ।

स्थानीय आयोजकका अनुसार राजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण संग भेट गर्ने समेत कार्यक्रम छ । कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved