मोदी र सीले आज ६ घण्टा सँगै बिताउने, प्रतिनिधि स्तरमा वार्ता शुरु

  • असोज २५, २०७६
  • कालापानी मिडिया
alt

चीनका राष्ट्रपति सी जिनपिङले दुई दिवसीय भारत भ्रमणको दोस्रो दिन पुनः एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

दुई नेताले तमिलनाडुको कोवलमस्थित ताल फिशरम्यान कोव रिसोर्टमा वान टु वान वार्ता गरेका हुन् ।

अहिले मोदी र सीबीच प्रतिनिधि स्तरमा वार्ता भइरहेको छ । यसमा विदेशमन्त्री एस जयशंकर र एनएसए अजीत डोभाल पनि उपस्थित छन् ।

बैठकपछि मोदीले चिनियाँ राष्ट्रपतिलाई दिउँसो भोज खुवाउनेछन् ।

दुई नेताले आज ६ घण्टा साथ बिताउनेछन् ।

मोदी पछिल्लो वर्ष अप्रिलमा पहिलो अनौपचारिक बैठकका लागि चीनको वुहान गएका थिए ।

दुई नेताबीच बैंककमा ३१ अक्टोबरदेखि ४ नोभेम्बरसम्म हुने आसियान समिटमा पनि भेट हुनेछ ।

दुई दिवसीय अनौपचारिको योजना नै दुई नेताहरु बीच कम्तिमा ६ घण्टा कुराकानी होस् भनेर तय गरिएको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन् ।

अनौपचारिक छलफलपछि दुई देशबाट अलग–अलग बयान जारी गरिनेछ ।

मोदीसँग दोस्रो अनौपचारिक बैठकका लागि चिनियाँ राष्ट्रपति सी शुक्रबार महाबलीपुरम पुगेका थिए । मोदीले चीनका राष्ट्रपतिको स्वागत पारम्परिक तमिल भेषभूषामा गरेका थिए । यस दौरान मोदीले मामल्लपुरममा सीलाई अर्जुन तपस्या स्थली र तट मन्दिरको दर्शन गराएका थिए । महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रिभोज खुवाएका थिए ।

रात्रिभोगमा पारम्परिक दक्षिण भारतीय व्यञ्जन खुवाइएको थियो । २ घण्टासम्म चलेको डिनरमा दुई नेताबीच कयौँ मुद्दामा चर्चा भएको थियो ।

विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर दिभरको गतिविधिबारे जानकारी दिएका थिए । उनले दुई नेताबीचको भेटमा व्यापार र अन्तर्राष्ट्रिय प्राथमिकताको मुद्दामा छलफल भएको बताए । मोदी र सीले आतंकवाद र कट्टरपन्थबारे चिन्ता जताउँदै यस चुनौतिलाई मिलेर लड्नुपर्ने आवश्यकतामा जोड दिएको गोखलेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved