मंसिर २८ मा कञ्चनपुरको महेन्द्र स्मारकमा स्व.राजा महेन्द्रको शालिक पुनः राखिने

  • मंसिर १४, २०८०
  • कालापानी मिडिया
alt

आगामी मंसिर २८ गते महेन्द्रनगर स्मारकमा पुनः स्वर्गीय राजा महेन्द्रको सालिक राखिने भएको छ ।

राप्रपा कञ्चनपुरको आयोजनामा स्व. राजा महेन्द्रको शालिक पुनः निमार्ण गरिन लागेको राप्रपा कञ्चनपुरले जनाएको हो । राप्रपा कञ्चनपुरले आगामी मंसिर २८ गते कञ्चनपुरमा गर्न लागेको विशाल आमसभा संगै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शालिक राखिने कार्यक्रम रहेको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले जानकारी दिए ।

महेन्द्रनगर बजारको मुटुमा अवस्थीत मेनलाईनको बिच भागमा स्थानमा २०६२ साल अघि सम्म जनप्रेमी स्व। राजा महेन्द्रको शालिकथियो । दोस्रो जनआन्दोलन २०६२/०६३ का बेला आन्दोलनरत राजनितिक दलहरुले फुटाएको उक्त स्व. राजा महेन्द्रको शालिक पुनः त्यहाँ राखिने भएको हो ।

राजा महेन्द्रले नै बस्ति बसालेर निर्माण गरेको महेन्द्रनगरमा उनकै शालिक राखिनुपर्ने महेन्द्रगनरका अधिकांश स्थानीयको भनाई पनि छ । उनिहरु आफ्ना पूर्खाले गरेका कामहरुको जानकारी भावी पुस्ताले पाउनुपर्ने र इतिहास बचाउने भन्दै राजा महेन्द्रको शालिक साविककै स्थानमा रहनुपर्ने बताउँछन् ।

महेन्द्र स्मारकमा २०४२ सालमा स्व.राजा बिरेन्द्रको महेन्द्रनगर भ्रमणका बेला तत्कालीन महेन्द्रनगर नगर पञ्चायतका प्रधान पञ्च धर्मराज जोशीको पहलमा तत्कालीन महाकाली अञ्चलका अञ्चलाधिस समुद्ध केशर पण्डित सहितको उपस्थीतीमा स्व.राजा महेन्द्रको सालिक राखिएको र हाल महेन्द्रनगर पार्क (महेन्द्रनगर पञ्चायत पार्क) लाई अनावरण र उदघाटन पनि स्वर्गीय राजा बिरेन्द्रले नै गरेको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्द बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved