संस्कृति मन्त्री किरातीको चौतर्फी विरोध,दार्चुला प्रवेश निशेध गर्ने स्वामी रामान्नदको चेतावनी

  • पुस ६, २०८०
  • कालापानी मिडिया
alt

दार्चुला । सुदन किरातीको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला दार्चुलाबाट स्वामी रामान्नद सरस्वतीले मन्त्री किरातीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित जगतपुरी शिवधामका पिठाधिस समेत रहेका सरस्वतीले मन्त्री किरातीको‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्तिको विरोध गर्नुका साथै त्यो अभिव्यक्ति फिर्ता लिई तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् । उनले मन्त्री पदबाट राजीनामा नदिई पदमा निरन्तर रहिरहेको खण्डमा किरातीलाई दार्चुला भ्रमणमा आउन नदिने र भ्रमणमा आए कालो झण्डा देखाउने चेतावनी दिएका छन्।

‘संस्कृति मन्त्री किरातीको अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।,’ उनले भने,‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा बस्न मिल्दैन ।संस्कृतिबाट मुक्त भइरहेका छन् । संस्कृति जिम्मेवारी कुच्याउनु भएको छ । ’ रामान्नद सरस्वतीले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने उनको भनाई छ । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो । उक्त अभिव्यक्तिपछि किराँतीको सर्वत्र आलोचना भएको छभने हिन्दु सम्बन्ध विभिन्न संघसंस्थाले उनको राजिनामा मागेका छन् ।

किराँतीको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन हुनुका साथै उनी विरुद्ध नाराबाजी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved