विद्यालयमा ‘इसाई पहिरन’ अनिवार्य गरे महानगरले कारबाही गर्ने

  • पुस ६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य नपार्न आग्रह गरेको छ ।

निजी विद्यालयहरुले क्रीसमस डेका दिन अनिवार्य ‘इसाई पहिरन’ लगाउन उर्दी जारेपछि महानगरले यस्तो आग्रह गरेको हो । अभिभावकबाट गुनासो आएको भन्दै काठमाडौं महानगरपालिकाले विद्यालयलाई सचेतसमेत गराएको छ ।

विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । महानगरले परिपत्रविपरीत कार्य गरेको पाइएमा विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

केहि निजि बिद्यालयले सूचनानै बिध्यार्थिका हातमा थमाउदै क्रीसमस डे का दिन सान्ताक्लोज लगाएर आउन भनेका छन भने कतिले त्यस दिन कार्यक्रम नै राखेर आफ्ना बालबालिकाको कलिलो मनोभावना माथिनै खेल्न खोजेको अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved