कोराना भाइरसलाई सम्झदै आयो विष्णुभक्त उपाध्यायको यस्तो कविता

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt

सग्लो चिन्तन-

आएको छ विपत्ति यो मुलुकमा माता जि रक्षा गरून्
मान्छे यो अनिकालको समय हो सम्झेर भित्रै बसून्
जे जस्तो भवको बनोस् स्थिति यहाँ खेप्नै पर्‍यो लोकले
पीडा रोग पचाउदै मनुज कैं व्याकुल् नहोस् शोकले

हाम्रो संस्कृति आजको मनुजले बुझ्दै गए कर्मले
हाम्रा पुर्वजका सुकार्य पथमा लाग्यौ भने आत्मले
यस्ता रोग अनिष्ट व्याध दुखले नाप्दैन यो जीवन
भन्ने आस अठोटले अभयले पक्का बनाऔं मन

एक्लो चिन्तन वासको अगमता बेग्लै छ बुझ्दै गए
केही काल विचारको विपिनमा आनन्द आफै लिए
त्यसैको उपयोग गर्नु छ यहाँ पाइन्छ जे लोकमा
त्यै हो ज्ञान विचारको मधुरता खोजौंन संयोगमा

हाम्रो ज्ञान विज्ञान स्रोत छहरा पाइन्छ त्यैं शीतल
हाम्रो जो छ अतीतको धरहरा चम्किन्छ यै भूतल
हाम्रा आर्ष पना चिनौं हृदयले आनन्दका आसन
खोजौं यो इतिहासबाट मनले आँखा उघारी कन

मान्छेको मन हो कि निर्जल यहाँ बेला भयो निर्मम
खै यो चिन्तन दिव्य भै मनुजले गर्दैन आफै किन ?
मान्छेको जरिया निलो गगनका ताराहरू बुझ्दछन्
माया नै अभिशप्तका महलमा साक्षात भै रम्दछन्

सग्लो चिन्तन यामको पथिक हो दृढै बनाऔं मन
धैर्रे धारण हो दिगो विजयको संसारमा साधन
कोरोना अभिशापको जहरको हन्ता कुनै रोगको
बाच्ने छौं वरदान आत्म बलले अन्त्यै गरे शोकको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved