दुई लाख तलबमा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  • पुस १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । मासिक दुई लाख तलब हुने गरी जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ माछापोखरीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-४ का घर भई बानियाँटार बस्दै आएका गणेश कुमार कुलुङ राई छन्। ५० वर्षीय राईले भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै उनीहरूलाई ठगी गरेका थिए।

जापानको प्रतिष्ठित होटलमा कुक काम लगाइदिन्छु र मासिक दुई लाख तलब हुन्छ भनी विश्वास दिलाई उनले पटकपटक गरी जम्मा छ लाख पचास हजार लिई सम्पर्कविहीन भएका थिए। पक्राउ परेका राईलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved