अफगानिस्तानको कारागारमा करिब ८०० महिला, विभिन्न हिंसा भोग्न बाध्य

  • पुस २६, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ।

सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार कैदी छन्। फरक–फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ। अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागार नभएको बताएका छन्।

उनले जेलमा कैदीलाई यातना दिइने आरोपको खण्डन गरे। ही सैन्य र राजनीतिक विज्ञले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशन उपलब्ध गराउन शुरु गर्न आह्वान गरेका छन्। राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्त्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने बताएका छन्।

तालिबानले सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेपछि कक्षा ६ भन्दा माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलालाई पुरुष संरक्षकसँग मात्र यात्रा गनुपर्ने नियम लगाएको छ। तालिवानले सौन्दर्य सैलुन बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved