ओमानसँग नेपालको लज्जास्पद हार

  • असोज २५, २०७६
  • कालापानी मिडिया
alt

ओमानमा जारी पेन्टागुलर टी–२० सिरिजको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा अलआउट हुँदै मात्र ६४ रन बनायो। ६५ रनको सामान्य लक्ष्य ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

सुरुवाती कसिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । सुरुमै बलिङ गर्न आएका उनले ओपनर अकिब इल्यासलाई शून्य रनमै सोमपालको हातबाट क्याच आउट गराए। त्यस्तै सर्वाधिक रन दिएका करणले २ विकेट लिए। उनले ३.५ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिएका हुन्। सोमपाल कामीको नाममा पनि १ विकेट रह्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २० रन जोडे। त्यस्तै दिपेन्द्रसिंह ऐरीले ११ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्न ओमानका अमिर कलीमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved