अयोध्या राम मन्दिर प्राण प्रतिष्ठामा नेपालमा पनि माछामासु बिक्री वितरणमा रोक

  • माघ ६, २०८०
  • कालापानी मिडिया
alt

वीरगञ्ज । आगामी सोमबार अर्थात, माघ ८ गते, जनवरी २२ मा भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै छ। त्यसको चहलपहल भारतमा मात्रै नभएर नेपालमा पनि उत्तिकै छ। नेपालमा पनि उक्त दिन माछामासु नखान, बिक्री वितरण नगर्न पालिकाहरुले सूचना जारी गरिरहेका छन्। मधेश प्रदेशका कतिपय पालिकाहरुले त उक्त दिन दिपावली मनाउन पनि पालिकाबासीहरुलाई आग्रह गरेका छन्।

अहिले पर्साको सदरमुकामदेखि विभिन्न स्थानमा भगवान रामको तस्बिर अंकित झण्डा सवारी साधनमा देखिन्छ। चोकचोकमा भगवान रामको झण्डाहरु लगाइएका छन्। पर्साको सदरमुकाम र मधेसको एक मात्र महानगर वीरगञ्ज महानगरले माघ ८ गतेकै दिन पारेर वीरगञ्जको घडीअर्वामा रहेको रामजानकी मन्दिरमा प्राण प्रतिष्ठा नै आयोजना गर्ने भएको छ।

अझ वीरगञ्ज महानगरपालिकाले त सूचना नै जारी गरेर सोमबार वीरगञ्जको रामजानकी मन्दिरमा पनि भगवान रामको प्राण प्रतिष्ठा हुने भएकोले उक्त दिन पशुपंक्षी जीवजन्तुको बध, मदिरा, माछामासुको बिक्री वितरणलगायतका कार्यहरु नगर्न भनेको छ। यस्ता कार्यहरु गरेको पाइए नियमानुसार महानगरले कारबाही गर्ने चेतावनीसमेत दिएको छ। यस्तै, जिल्लाको कालिकामाई गाउँपालिकाका, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाले पनि माघ ७ र ८ गते दीपावली गर्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved