भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा

  • माघ ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न भारतको अयोध्यास्थित राम मन्दिरमा रहेको राममूर्तिको प्राणप्रतिष्ठा गरेका छन्।

सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा गरेर प्रधानमन्त्री मोदीले भारतमा नयाँ युगको थालनी गरेका हुन्। यसका लागि करिब १३ हजार सुरक्षाकर्मीको घेरामा देशविदेशबाट आएका ७ हजार पाहुनाहरु सहभागी छन्। प्रधानमन्त्री मोदी कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टाअगाडि राममन्दिर परिसर पुगेका हुन्।

प्राणप्रतिष्ठाअघि प्रधानमन्त्री मोदीले मन्दिरको गर्भगृहमा विशेष पूजा गरेका थिए। पूजामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गभर्नर आनन्दीबेन पटेललगायतको उपस्थिति थियो। नेपालका जनकपुरधाम र नेपालगञ्जलगायतका स्थानमा समेत राममन्दिर उद्घाटनका अवसरमा उत्सव मनाउने कार्यक्रम सोमबार बिहानैदेखि चलिरहेको छ।

प्राणप्रतिष्ठाको विशेष कार्यक्रम भारतीय समयअनुसार १२ बजेर २९ मिनेट ६ सेकेन्डमा सुरु भएर १२ बजेर ३० मिनेट ३२ सेकेन्डसम्म चलेको थियो।

FB_IMG_1705915666791

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved