लाकडाउनमा काठ तस्करी बढ्यो

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

कृतबहदुर बिष्ट, धनगढी । देशमा कोरोना संक्रमण रोक्न लकडाउन भएको समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले सक्रियता बढाएको छ । प्रायः सबै सरकारी कार्यलय लकडाउनमा छन् ,यही समयको मौकाको फाईदा उठाउदै जंगलवाट अबैध काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले वन गस्तीमा सक्रियता बढाएको हो ।

यसै क्रममा सब डभिजनल वन कार्यलय फूलवारीका वन अधिकृत निराजन कडालको नेतृत्व र भारताल साझेदारी वन ब्यबस्थापन समुहको संयुक्त टोलीले कैलालीको भारताल साझेदारी वन अन्तरर्गत धनगढी उपमहानगरपालिका –१६बाट रामबहादुर चौधरी लगायत काँठ तस्करमा संलग्न ९ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुकाहरुवाट काचाँे सालका दुई गालिया रागाँसहित एक डल्लब बरामत गरिएको डिभिजनल वन कार्यलय कैलालीका प्रमुख रामचन्द्र कडेलले जानकारी दिएका छन् । लकडाउनका कारण अदालत बन्द भएका कारण पक्राउ परेका रामवहादुर चौधरी लगायत ९ जना र काँठ सहितको डल्लब धनगढी उप–महानगरपलिका वडा नम्बर -१६का वडा अध्यक्ष लक्षीनारायण चौधरीको जिम्मा लागाईएको कडेलले जानकारी दिए ।

अदालत खुले लगत्तै उनिहरुलाई वन ऐन अनुसार कारर्वाही हुने कडेलले बताए । यस्तै लकडाउनको समयमा काठ तस्कारहरु मौलाएको भन्ने सूचना प्राप्त भए संगै वन कार्यलयले नियमित गस्ती समेत बढाई रहेको कडेलको भनाई छ ।

यता भारताल साझेदारी वन ब्यबस्थापन समुहका अध्यक्ष यादब भण्डारीले पनि लकडाउनको फाईदा उठाउदै भारतालक्षेत्रमा काँठ तस्करहरु सलबलाई रहेको भन्ने प्राप्त खबरसंगै आफुहरु तस्करी नियन्त्रणमा लागी परेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved