टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्बिच प्रतिस्पर्धा गर्दै

  • फागुन २२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।

खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्।

लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्यान्ड्स फाइनल पुगेको थियो। घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।

कात्तिकमा टी-ट्वेन्टी विश्वकप एसिया छनोटको उपाधि र यूएईसँगको सिरिज गुमाएको नेपाल त्रिवि मैदानमा अर्को उपाधिको खोजीमा रहेनेछ। डेभ हृवाटमोर प्रशिक्षक बनेपछि घरेलु मैदानमै भएको सिरिजमा नेदरल्यान्ड्सलाई नै हराएर नेपाल च्याम्पियन बनेको थियो।

त्यसपछि नेपालले पुनः नेदरल्यान्ड्सलाई हराएर अर्को सिरिज जित्ने लक्ष्यमा छ । टी-ट्वेन्टी आईमा पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ। नेदरल्यान्ड्सले दुई खेलमा जित दर्ता गरेको छ।

नेदरल्यान्ड्सलाई नेपालले पछिल्लो समय लिग टूमा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved