गाजामा युद्धविराम गर्न हमासको मध्यस्थकर्ताहरूसँग वार्ता जारी

  • फागुन २२, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । गाजामा युद्धविराम गर्न हमासले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग वार्ता जारी राखेको छ।

इजिप्टका सुरक्षा स्रोतले सिन्ह्वालाई बताएअनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार उल्लेखनीय प्रगति भएको थियो। स्रोतले प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० दिनसम्म लडाइँ रोक्ने र ४०० प्यालेस्टिनी बन्दी बराबर वृद्ध र सर्वसाधारणसहित ४० जना इजरायली बन्धक आदानप्रदानको व्यवस्था मिलाउने लगायतका विषय समेटिएको बताएका छन्।

प्रस्तावित सम्झौताले युद्ध प्रभावित क्षेत्रमा दैनिक ६० हजार वटा सार्न मिल्ने घर, एक लाख २० हजार टेन्ट बोकेको ५०० वटा ट्रकको प्रवेश सुनिश्चित गर्ने लगायतका विषय समेटेको बताइएको छ। इजिप्टले यसअघि युद्धविराममा ‘निष्पक्ष सम्झौता’मा पुग्न कतारी र अमेरिकी पक्षहरूसँग काम गरिरहेको छ।

इजरायलले अहिलेसम्म कायरोमा प्रतिनिधिमण्डल पठाएको छैन। सञ्चार माध्यमका अनुसार हमासले जीवित बन्धकको सङ्ख्या यकिन नगरेसम्म र प्रत्येक बन्धकको लागि कति प्यालेस्टिनी कैदी हस्तान्तरण गर्नुपर्ने भन्ने व्यहोरा नखुलाएसम्म इजरायलले कायरोमा प्रतिनिधिमण्डल नपठाउने बताएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार गाजा युद्ध शुरु भए यता इजरायलको जवाफी कारबाहीमा ३० हजार ५३४ प्यालेस्टिनी मारिएका छन् र ७१ हजार ९२० जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved