राजा ज्ञानेन्द्र जुम्लाको खलंगामा, राजाको सम्बोधन सुन्न गाउँ गाउँ बाट सर्वसाधारण आउँदै

  • चैत २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ ।

राजा शाह जुम्लाको चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोमा सहभागी हुन जुम्ला पुग्नु भएको हो । राजा शाहले दिउँसो १ बजे जुम्लाका जनतामाझ सम्बोधन गर्ने कार्यक्रम रहेको राजाको सचिवालयले जनाएको छ ।

नागरिक मूल आयोजक समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा समारोह आयोजना गरिएको हो।

हिजो शनिबार देेेखि नै राजाको स्वागतमा जेम्लेली राष्ट्रवादी युवाहरुले नारा जुलुस सहित खलंगा बजार परिक्रमा गरेका थिए भने आज बिहानै देखि जुम्लाको सदरमुकाम खलंगामा राजाको स्वागतमा जुम्लेली जनताको भिड लागेको बताइएको छ । अझ राजाले सम्बोधन गर्ने भनेपछि सुन्नकै लागि भएपनी गाउँ गाउँ बाट खलंगामा सर्वसाधारण आउने क्रम रोकिएको छैन ।

कर्णाली प्रदेशको जुम्लालगायत स्थानहरुमा नागरिक अभिनन्दनमा सहभागी हुन राजा शाह गत बुधबार नेपालगञ्ज पुग्नुभएको थियो  ।

               राजाको स्वागतमा जुम्ला एयरपोर्टमा सर्वसाधारण 

FB_IMG_1712392324704 FB_IMG_1712392320061 FB_IMG_1712392316411 FB_IMG_1712392312224 FB_IMG_1712392302422

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved