सुरक्षाका कारण स्थगित कोरला अन्तरदेशीय व्यापार मेला सुरु

  • असोज २५, २०७६
  • कालापानी मिडिया
alt

 सुरक्षाका कारण स्थगित उत्तरी कोरला व्यापार मेला सुरु भएको छ। प्रत्येक वर्ष असार र भदौ महिनामा चल्ने मेला शुक्रबारबाट सुरु भएको हो।

मुस्ताङको उत्तरी कोरला नाकास्थित चिनियाँ पठार भुमिमा चिनियाँ पक्षले सदियौंदेखि व्यापार मेला चलाउँदै गर्दै आइरहेको छ। सुरक्षाका कारण देखाएर माथिको आदेश भन्दै चिनियाँ पक्षले भदौ महिनामा हुने दोस्रो व्यापार मेला स्थगित गरेको थियो।

वार्तामा लोमान्थाङबासीले चिनियाँ पक्षलाई व्यापार मेला संचालन गरिदिन आग्रह गरेका थिए। यस्तै, गत असोज १० गते नेपाल पक्ष र चिनिया पक्षबीच तिब्बतको ढुङ्वासेनमा भएको १० बुँदे सहमति प्रस्तावमा व्यापार मेला पुनः संचालन गर्ने र यसलाई वर्षेनी निरन्तरता दिने सम्झौता भएको छ। 

दुबै देशका प्रशासनिक समकक्षी सम्मिलित बैठकले असोज २४ गते दोश्रो व्यापार मेलाको मिति तोकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार उक्त सहमतिकै आधारमा आजबाट मेला सुरु भएको जानकारी दिए। उनले भने ‘हामीले व्यापार मेला संचालन गर्न अनुरोध गर्‍यौं, उनीहरुले सहमति जनाए। यसपटक चिनिया पक्षले ठुला खम्पा व्यापारीलाई गुणस्तरीय उत्पादन विक्री गर्ने जनाएका छन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved