कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

  • जेठ ८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नागरिकता किर्तेसम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका थिए।

उनले वकिलसँगै जान पाउनुपर्ने र त्यो कुरा हस्ताक्षरित कागजमा उल्लेख हुनुपर्ने अडान राखेपछि केहीबेर भनाभन हुँदा पक्राउमा ढिलाइ भएको थियो। नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको थियो।

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वमा टोली खटिएको थियो। पक्राउपछि उनलाई आजै धनुषा पठाइने जनाइएको छ।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै पक्राउ गरिएको हो।

यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो। सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved