टि 20 बिश्वकप : भारत संग अफगानिस्तान ४७ रनले पराजित

  • असार ७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ।

बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो।अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे।

नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए। भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए।

अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। सुरुवात राम्रो नभए पनि भारतको मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए।

कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए। विराट कोहलीले २४ बलमा २४ रन बनाउँदा ऋषभ पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन बनाएका थिए। भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे। २८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। हार्दिक पाण्डेयले २४ बलमा ३२ रनको योगदान दिए।

अन्तिम ओभर ब्याटिङ गर्न पुगेका अक्षर पट्टेलले १२ रन बनाए। अफगानिस्तानका लागि फजलहल फारुकी र कप्तान रासिद खानले तीनतीन विकेट हात पारे। सुपर ८ को पहिलो खेलमा भारतले अपराजित यात्रा कायमै राखेको हो। समूह १ मा भारत, अफगानिस्तानसँगै अस्ट्रेलिया र बंगलादेश छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved