२०८१ साल असार ८ गते शनिबार हेर्नुस् तपाईंको राशिफल

  • असार ८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल असार ८ गते शनिबार तदनुसार सन् २०२४ जुन २२ तारिख। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि। पनौती स्नान, भूमिरज। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। 

मेष : निर्णय क्षमता कमजोर बन्दा अवसर गुम्ने जोखिम हुनसक्छ। आफन्तबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृष : समय रमाइलो छ। खेलकुद क्षेत्रमा मन जानेछ। मनोरञ्जन क्षेत्रले समय लिनेछ। घरजग्गामा लगानी भए मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समयको सदुपयोग नगरे पश्चाताप हुनेछ। लगानीका अवसर धेरै छन्। स्वदेशमा स्वविवेकले गर्ने लगानीले उत्साह बढाउने छ। पारिवारिक क्षेत्रमा रमाइलो भेटवार्ता हुनेछ।

कर्कट : तपाईंको कामको आलोचना गर्ने सक्रिय छन्। पूर्वाग्रहीसँग सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट उत्साहजनक परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

सिंह : समय रमाइलो छ। आज बनाएका योजना दीर्घकालीन हुने देखिन्छ। माया गर्ने र साथ दिने धेरै भएकाले समयको सदुपयोग गर्नु राम्रो हुन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : समय राम्रो छ। अरुलाई तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने दिन छ। लगानी भए स्वास्थ्यबाट लाभ र शिक्षाबाट नाफा गर्ने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम रहेको छ।

तुला : दिन सफल बन्नेछ। प्राविधिक शिक्षाको माध्यमबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। आज बल र पहुँच भन्दा बुद्धी र कलाले काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : आज धनलक्ष्मी योग परेको दिन छ। समयको सदुपयोग गर्नु राम्रो हुन्छ। समयलाई अवमूल्यान नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका अवसरमध्ये प्राविधिक शिक्षाबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : सामय सामान्य छ। आफन्तबाट असहयोग हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारले शंका गर्ने दिन छ।

कुम्भ : लामो समयदेखि रोकिएको काम बन्नेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। जसले गर्दा मनमा उत्साह बढ्नेछ।

मीन : खर्च बढेर जानेछ। आफन्तबाट अपमानित हुनुपर्ने हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने हुनसक्छ। बिहानै धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved