काठमाडौंको नागेश्वर मन्दिरमा भक्तजनको भिड, पूजारीलाई जलप्रसाद बितरण गर्न भ्याई नभ्याई

  • साउन ७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । श्रावण महिनाको पहिलो सोमबार आज देशभरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका शिवालयमा भगवान शिवको पूजा आजा गर्ने श्रद्धालु तथा बर्तालुहरुको भिड भिड लागेको हो । 

यससँगै पुरानो सिनामंगल स्थित नागेश्वर मन्दिरमा पनि बिहान देखि नै भक्तजनको घुइचो लागेको थियो । सोमबार बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुल्ला गरिएसंगै श्रद्धालु भक्तजनहरूको ठूलो घुइचो लागेको हो ।

यतिबेला आकाशको पानी परिरहेको छ तरपनी मन्दिरमा असंख्य भक्तजनको उपस्थिति रहेको छ । मन्दिरका चारै ढोकाबाट पुजारीहरूले जलप्रसाद वितरण गर्न भ्याइ नभ्याई भएको छ ।

मन्दिर परिसरमा दर्शनार्थीहरूलाई सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ भने भक्तजनको सुविधाको लागि व्यवस्थापन समितिले आवस्यक प्रबन्ध गरेको छ । भगवान शिवको १२औं  ज्योतिर्लिङ्ग नागेश्वरको दर्शन गर्नाले मुद्दा मामला झन्झट मुक्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ।

प्राचीन, मन्दिरको स्थापना सरदार बाकसिंह राय ले बि स १८८१ मा गरेका थिए। सो मन्दिर क्षेत्र त्रिभुवन विमानस्थलको धावन मार्ग परेपछि हालको ठाउँमा स्थान्तरण गरिएको हो। हाल मन्दिरको व्यवस्थापन बाकसिंह रायका वंशज एवं वरिष्ठ समाजसेवी तथा राजनीतिक विश्लेषक प्रकाश रायमाजीले गरिरहेका छन्।

यस्तै बालाजुको डुग्रानी पानीमा रहेको बाणेश्वर महादेव मन्दिरमा पनि पूजा प्रबन्ध भइरहेको छ। त्यहाँ पनि श्रद्धालु भक्तहरूलाई दर्शन तथा पूजाको निमित्त उचित व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved